पूर्वराजा र राजावादीहरु राष्ट्रवादी होइनन् : डा. बाबुराम भट्टराई

Baburam-Bhattarai-1
लोकपाटी न्यूज

काठमाडौं। पूर्व प्रधानमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा भएको बताएका छन्।

यीमध्ये कुनै एक खुट्टा भाँचिदा पुरै खाट लड्ने उनले बताए। शुक्रबार ट्विट गर्दै डा. भट्टराइले यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयता विरोधीहरूले बेलैमा बुझून् भनेका छन्।

Baburam-1

उनले अर्को ट्विटमा पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफूलाई ‘राष्ट्रवादी’ चैं नभनून् भनेर लेखेका छन्। पछिल्लो समय देशका विभिन्न ठाउँमा भएको राजावादीहरुको प्रदर्शनप्रति इंगित गदै उनको यस्तो भनाइ आएको हो।

भट्टराईले लेखका छन्, ‘‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका४ खुट्टा हुन्। यीमध्ये कुनै एक खुट्टा भाचिँदा पूरै खाट लड्छ। यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयताविरोधीहरूले वेलैमा बुझून्। चकचके बाँदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून्।’’

Baburam-2

अर्को ट्वीटमा उनले लेखेका छन्, ‘‘पूर्वराजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफूलाई ‘राष्ट्रवादी’ चैं नभनून्। उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्। नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून्।’’

उनले धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठान्नसमेत चेतावनी दिएका छन्। नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताबारे सोच्न समेत उनले बताएका छन्।