बालमैत्री गलकोट नगर निर्माण गर्न अभिमुखीकरण कार्यक्रम

prpgram
लोकपाटी न्यूज

थम्मन थापा/ बागलुङ, १२ मंसिर। बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी भन्ने उद्घोषका साथ बालमैत्री स्थानीय शासन नीतिगत अवलम्वन तथा घोषणा सम्बन्धी नगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

गलकोट नगरपालिकाको आयोजनामा संचालित उक्त तालिमको समापन गदैंं गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बालमैत्री स्थानिय शासन सहितको नगर निर्माणको लागी बालबालीका देखी सामाजिक संघ सस्थाका प्रतिनिधीहरु सबै साझेदार बन्नुपर्ने बताए।

उनले बालमैत्री नगरपालिका आफैँमा व्यवहार र वातावरण भएको बताउदैं सबैले जिम्मेवारी बोधका साथ बालमैत्री नगर निर्माणको लागि सहयोग गर्न समेत आग्रह गरे। कार्यक्रममा गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा, राष्ट्रिय प्रशिक्षक बिष्णु बहादुर चौबे, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद शर्मा, गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष तिलक घर्ति, नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर सदस्य कौशिला घर्ति, गलकोट सामुदायिक सेवा केन्द्रका अध्यक्ष मन्जु शर्मा चालिसे, महेन्द्र माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुल बहादुर के.सी शिब माध्यमिक विद्यालयका प्रधानाध्यापक हरी चालिसे, हटिया स्वास्थ्य चौकीका प्रमुख दिलु सुबेदी, बालबालिकाको तर्फबाट प्रदिप सुबेदी लगाएतले धन्यवादसहित प्रतिवद्धता ज्ञापन गरेका थिए।

तालिमको अवसरमा बालमैत्री स्थानिय शासनका राष्ट्रिय प्रशिक्षक तथा सहजकर्ता बिष्णु प्रसाद चौबेले, बालमैत्री स्थानिय शासनको आवश्यकता, नगर स्तरीय समिति, वडा समितिको काम कर्तब्य र अधिकार, बाल मैत्री स्थानीय शासनको सस्थागत ब्यबस्था लगाएतका विषयमा सहजिकरण गरेका थिए।

सो अवसरमा बालमैत्री स्थानीय शासन सहितको नगरपालिका घोषणा मिति २०७८ पौष भित्र गर्ने घोषणा सहित सामुहिक प्रतिबद्धता गरिएको थियो। मंसिर १० गतेदेखी सुरु भएको २ दिने अभिमुखिकरण कार्यक्रममा गलकोट नगरपालिकाका जनप्रतिनिधी, बाल कल्बका प्रतिनिधी, शिक्षक, बिदालय ब्यबस्थापन समितिका प्रतिनिधी, कर्मचारी, स्वास्थ्यर्कीहरु, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो।

अभिमुखिकरण कार्यक्रमको समापन समारोह गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, उपप्रमुख रेनुका काउचाको स्वागत तथा सूचना अधिकारी तुल बहादुर बिकको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्