कोरोनाबाट २६ वर्षीय डा. उपाध्यायको मृत्यु

pic
लोकपाटी न्यूज

मध्यप्रदेश। कोरोनाका कारण भारतको मध्ये प्रदेशमा एक चिकित्सकको मृत्यु भएको छ।मध्यप्रदेशको राजधानी भोपालस्थित एक अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डा. शुभम उपाध्यायको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

२६ वर्षीय डाक्टर उपाध्याय भोपालस्थित सागर मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत थिए। २८ अक्टुबरमा कोरोना संक्रमण भएपछि १० नोभेम्बरमा भोपालकै चिरायू अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना संक्रमणका कारण निमोनिया भएर फोक्सोका अधिकांश भागमा पानी जमेपछि डा.उपाध्याय गम्भीर बिरामी भएका थिए।