गुल्मीको इस्मामा जीप दुर्घटना, ५ को मृत्यु

Accident-1
लोकपाटी न्यूज

गुल्मी। गुल्मीको इस्मामा आज बिहान जिप दुर्घटाना हुँदा ५ जनाको मृत्यु भएको छ। २ जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले जानकारी दिए।

इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्