नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता सकियो

Harsawardan_Meeting
लोकपाटी न्यूज

काठमाडौं। नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्‍न भएको छ ।

वार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।

उनले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताए । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायत विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताए ।

वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृंगला सहभागी थिए । भारतीय विदेश सचिव श्रृंगाला दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आएका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्