नेपाल प्रहरीको प्रवक्तामा एसएसपी कुँवर

basnata-kuwar
लोकपाटी न्यूज

काठमाडौं। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)  वसन्त बहादुर कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ, विश्वसनिय तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो।

यसअघिका प्रवक्ता कुवेर कडायतको प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, नवलपरासीमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी कुँवरलाई दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्