आगामी शनिबारदेखि महिला फोरमबारे एनआरएनए अमेरिकाज क्षेत्रीय बैठक हुने

pic
लोकपाटी न्यूज

काठमाडौं, १८ भदौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक आगामी शनिबारदेखि सुरु हुने भएको छ।कार्यक्रम बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म सेप्टेम्बर ४, ५ र ६ सम्म हुनेछ।

भर्चुअल प्रविधिमा हुने उक्त कार्यक्रममा उपस्थित हुन कार्यक्रम संयोजक तथा क्षेत्रीय महिला संयोजक उमा कार्की थापाले आग्रह गरिन्।कार्यक्रम गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाको आयोजनामा हुने क्षेत्रीय संयोजक राजन त्रिपाठीले बताए।

सो बैठकका विभिन्न फोरमहरु मध्य कार्यक्रमको दोश्रो दिन महिलाहरुको विषयलाई समेटेर ‘Opportunities, Challanges and Success Stories’ नामको फोरम आयोजना गरिएको छ।

विभिन्न देशमा रहेका नेपाली महिलाहरुको सफलताका कथा, महिला नेतृत्व विकास र सहभागिता, व्यवसायिकताका सफल कारणहरु समेत उक्त फोरममा प्रस्तुत गरिनेछ। फरक फरक पेशा र क्षेत्रमा सफल रहेका महिला तथा विषय विज्ञहरुको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकले विश्वास लिएको छ।

118589179_3445145708882077_8806527078792399760_n

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्