वीरगञ्ज, २२ साउन । पर्सामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार रातिसम्म ६ महिलासहित ४३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा नेपाली सेनाका पनि ११ जना रहेका छन्। त्यसैगरी नारायणी अस्पतालमा कार्यरत दुईजना कर्मचारी र भर्ना भएका एकजना बिरामीमा पनि संक्रमण पुष्टि भएको छ।
त्यसैगरी समुदायस्तरमा संकलन गरिएका स्वाबको परीक्षणबाट विभिन्न स्थानका ९ जनामा पनि संक्रमण पुष्टि भएको छ भने एकजना बैंकको कर्मचारीमा पनि संक्रमण देखिएको छ।पर्सामा बुधबार मात्र १४७ जनामा संक्रमण देखिएको थियो। पछिल्लो समय पर्सामा संक्रमणका साथै मृत्युको दर पनि बढीरहेको छ।



लोकपाटी न्यूज