एसईई नतिजा एक हप्तामा सार्वजनिक गर्ने तयारी

examination_board_
मनहरि तिमिल्सिना

काठमाडौं, १४ साउन। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो। विद्यालयहरूले जिल्ला समन्वय इकाइमार्फत् बोर्डमा पठाएको अंक रुजु भइरहेको सदस्य सचिव अर्यालले बताए।

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण एसईई नहुने भएपछि ६ चैतका लागि निर्धारित परीक्षा अन्तिम समयमा स्थगित भएको थियो। यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्