म्याग्दीमा पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो

Myagdi-badi
लोकपाटी न्यूज

काठमाडौं, २९ असार। म्याग्दीमा अबिरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ। म्याग्दीको मराङ, कल्लेनी, राम्चे, रिखा विम, दुले र नुर्बाङमा पहिरो गएको हो।

अविरल वर्षासँगै आएको पहिरोमा परी रघुगंगाको ठाडाखानी, धवलागिरीको मराङ र मालिकाको, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये सोमबार थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको हो। उक्त पहिरोमा परेर यसअघि शनिबार २७ जनाको शव भेटिएको थियो। 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्