बाग्लुङ, २९ असार। भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई बाग्लुङमा गाउँपालिकाले धमाधम आरडिटी परीक्षण गर्दै घर पठाउन थालेपछि गाउँबासी त्रसित बनेका छन्।
बाग्लुङको निसीखोला गाउँपालिकाले भारतबाट आएका नागरिकलाई १४ दिनदेखि २० दिनसम्म क्वारेन्टिनमा राखेर एक हप्ता घर बस्न भन्दै पठाएको हो।
भारत तथा तेस्रो मुलुकबाट आएका ७ सय ९० जना मध्ये ३ सय ८३ जनाको पीसीआर परीक्षण गरेको छ भने ३ सय ५३ जनाको आरडिटी परीक्षण गरी घर पठाएको छ। पीसीआर परिक्षणमा ढिलाई भएपछि आरडिटी परीक्षण गरी घर पठाइएको हो। पीसीआर नगरी घर पठाइएपछि समुदायमा कोरोना संक्रमणको जोखिम र त्रास बढेको भन्दै स्थानीयले बिरोध समेत गरेका छन्।
निसीखोला गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले क्वारेन्टाइनबाट घर पठाएकालाई गाउँपालिकाले आवश्यक स्वास्थ्य परामर्श दिई रहेको बताए। क्वारेन्टाइनमा बसेर घर फर्किएकाहरु गाउँमा खुलेआम डुल्न थालेका छन्।



लोकपाटी न्यूज

