सिन्धुपाल्चोक, २८ असार। चौतारा साँगाचोकगढी नगरपालिकाले बाढी(पहिरो पीडितहरुलाई रु ५ लाख सहयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी गाउँपालिकालाई रु २ लाख र बाह्रबिसे नगरपालिकालाई रु ३ लाख गरी ५ लाख सहयोग गर्ने निर्णय गरेको हो।
यही असार २४ गते अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको विभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानविय र भौतिक क्षति भएको छ।
यस दुखद घडिमा पीडितहरुलाई केही राहत मिलोस् भन्ने उद्देश्यले नगरपालिकाको तर्फबाट रु ५ लाख सहयोग गर्ने निर्णय गरेको चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमूख जानुका पराजुलीले जानकारी दिइन्।



लोकपाटी न्यूज

