काठमाडौं, २७ असार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड गृह जिल्ला चितवन जान लागेका छन्। प्रचण्डका स्वकीय सचिव गंगा दाहालका अनुसार बाढी पहिरो र कोरोना महामारीलगायतका विषयमा बुझ्न प्रचण्ड शनिबार चितवन जान लागेका हुन्।
पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वमा केन्द्रीत रहेका प्रचण्ड स्थायी समिति बैठक एक साताका लागि स्थगित भएपछि गृह जिल्ला जान लागेका हुन्।
प्रचण्डले यसअघि विज्ञप्ति जारी गर्दै बाढीपहिरोपीडितको उद्धारमा जुट्न तीन तहका सरकार र पार्टीलाई आग्रह समेत गरेका थिए। नेकपाले साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेको छ। अविरल वर्षापछिको अवस्थालाई ध्यान दिँदै बैठक स्थगित गरिएको जनाइएको छ।



लोकपाटी न्यूज

