कास्की पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत दिइने

pahiro
सांकेतिक तस्बिर
लोकपाटी न्यूज

पोखरा, २६ असार। कास्कीमा पहिरोमा परी मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। यस्तै घाइतेको उपचार निःशुल्क गरिने भएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई १ लाखका दरले तत्काल राहन उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गराउने निर्णय गरेको हो।

बिहीवारदेखि परेको अविरल वर्षाका कारण कास्कीका विभिन्न ठाउँमा पहिरो गएको छ। पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्