जी न्यूजका सम्पादकले हटाए नेपालबारे विवादित ट्वीट

sudhir chaudhary
लोकपाटी न्यूज

नयाँदिल्ली। भरतीय टेलिभिजन जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालबारे लेखेको ट्वीट हटाएका छन्।
आफ्नो टिप्पणीले नेपाली दर्शकहरुमा चोट पुगेको भन्दै उनले ट्वीट हटाएका हुन्।

उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ। यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि त सर्नै परेन।’ सुधीरको यस्तो टिप्पणीप्रति धेरैले आपत्ति जनाउँदै विरोध गरेका थिए। विरोध हुन थालेपछि उनले आफ्नो ट्वीट हटाएका हुन्।

उनले आफ्नो ट्वीटले नेपाली दर्शकहरुलाई चोट पुर्याएको र धेरै साथीले उक्त बिचार सही नभएको सुझाव दिएपछि दुख व्यक्त गर्दै ट्वीट हटाएको उनको भनाइ थियो। नेपालमा याँका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय टिभी च्यानलको प्रशारण बन्द गरिदिएपछि पत्रकार चौधरीले नेपालबारे विवादित ट्वीट लेखेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्