सप्तकोसी ब्यारेजमा पानीको बहावले खतराको संकेत नाघ्यो

saptakoshi-river-800x445-1
लोकपाटी न्यूज

काठमाडौं। सप्तकोसी ब्यारेजमा पानीको बहाव खतराको संकेत पार गरेको छ। पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेजमा २ लाख ७ हजार ७ सय १५ क्युसेक पानी प्रतिसेकेन्ड दरले रहेको छ। ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको छ।

अहिलेसम्म कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये ३० वटा ढोका खोलिसकिएको ब्जारेजमा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीले जानकारी दिएका छन्।

खत्रीका अनुसार बिहीबार बेलुका कोशीमा १ लाख ४५ हजार क्युसेक मापन गरिएको थियो। तर पानीको बहाव बढ्दै जाँदा शुक्रबार बिहान पानीको बहाव २ लाख ७ हजार ७ सय १५ क्युसेक रहेको खत्रीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्