काठमाडौं, २५ असार। प्रतिनिधिसभाका सभामूख अग्निप्रसाद सापकोटाले सन्धुपाल्चकोका बाढी पीडितको उद्धार र राहतमा कुनै कमी हुन नदिने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीमा गएको पहिरोमा परेकाहरुको अवस्था बुझ्न सभामूख सापकोटा पुगेका थिए।
राहतको पनि तत्काल व्यवस्था गर्न आफूले सम्बन्धित निकायमा माग गर्ने बताए। सो घटनाका चार घाइतेलाई अहिले उपचारका लागि काठमाडौं ल्याइसकिएको छ।
त्यसै क्षेत्रका सांसद समेत रहेका सापकोटाले बाढी र पहिरो प्रभावितका लागि राहत दिलाउन आफूले सक्दो प्रयत्न गर्ने बताए। बुधबार मोतियाविन्दुको अप्रेसन गरेर आराम गरिरहेको सभामूख बिहीबार बिहानै सिन्धुपाल्चोक पुगेका हुन्।



लोकपाटी न्यूज

