काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा योजनाबद्ध रुपमा सरकारी श्रोतसाधन दुरुपयोग गर्दै मान्छेहरु उतारिरहेका छन्। बुधबार हुन त, प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँगको छलफलमा झण्डै दुई तिहाई मतका साथ राज गरिरहेका प्रधानमन्त्रीलाई फाल्न खोजेपछि जनता स्वःस्फूर्त सडकमा आउदैनन् त ? भन्दै आफनो प्रतिरक्षा गरेका थिए।
आफ्नै पार्टीका शीर्ष सबै नेताहरु उनको स्वेच्छाचारिता र अहंकारवादी नीतिको विरुद्दमा एकगठ भएर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदवाट राजीनामा दिन माग गरेपछि उनले अहिले सडकमा पञ्चायत शैलीमा प्रर्दशन गर्न लगाएका छन्। मध्यरात ११ बजेपछि आफू निकट युवा र विद्यार्थी संगठनका नेतालाई बालुवाटार बोलाएर ओलीले सडक प्रर्दशन गर्न निर्देशन गरेपछि ओलीको पक्षमा उनकै निकटहरु सडकमा उत्रेका छन्।
राजा महाराजाका पालामा जनताले गुणगान नगाई दिएपछि आफ्नै समर्थकको हुलहुज्ज्तलाई सडकमा उतारेर जयजयकार गर्न लगाउने र आफुसँग जनता साथ रहेको भ्रम छरेर दरबारमा रमाएर बस्ने दरबारको पञ्चायत शैली थियो। अहिले प्रधानमन्त्री ओलीले ठिक त्यस्तै गरेका छन्। सडकमा उनले विद्यार्थी संगठनका संयोजक ऐन महर र युवा संगठनका रमेश पौडेललाई आफनो पक्षमा जनमत देखाउन र प्रर्दशन गर्न मध्यरात बालुवाटार बोलाएर निर्देशन दिएका थिए। त्यसपछि ८ लाख पार्टी सदस्य भएको नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको पक्षमा मुश्किलले सय, पचास जनाको जुलुस निकाल्न लगाएर जयजयकार गराउन लगाएका छन्।
आफूलाई निक्कै राष्ट्रवादी देखाउन खोजेर ओली आफैले राज्यको स्रोत साधन निकट नेताहरुलाई दिएर अहिले सडकमा प्रर्दशन गर्न लगाएका छन्। यसका लागि काठमाडौंभित्र कमलादीमा रहेको मार्काेपोलो होटेल र ठमेलमा रहेको मनाङ होटेलमा लाखौं खर्चेर बैठक गर्ने, मान्छे परिचालनका योजना बनाउने लगायतका काम गर्दै आईरहेका छन्। प्रचण्डले प्रधानमन्त्रीको पक्षमा सडकमा देखाउन थालेको पञ्चायत शैलीको प्रर्दशन रोक्न बुधबार ओलीसँगको भेटमा आग्रह गर्दा ओलीले जनमत भएको प्रधानमन्त्रीको पक्षमा स्वतस्फूर्त प्रर्दशन हुने र अझ यो उर्लेर आउने बताएका थिए।
तर कोभिड-१९ को महामारीका बेला पनि आफनो व्यक्तिगत स्वार्थका लागि सडकमा सय, पचास जना उतार्नका लागि पनि प्रधानमन्त्रीले राज्यकोषको ढुकुटीबाट दोहोन गरिरहेको खुलेको छ। मार्काेपोलो होटेल हाइड्रो व्यापारी दिपक भट्टका दाई शुसिल भट्टको लगानी रहेको होटेल हो। भट्टलाई ओली सरकारले योजना आयोगको सदस्यका रुपमा नियुक्ती दिएका छन्। ओलीले सडकमा आफ्नो पक्षमा मान्छे उतार्न दिएको निर्देशनलाई नेकपाकै केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले त लाजलाग्दो प्रर्दशन देखाएको भन्दै ब्यङग्य नै कसेकी थिइन्।
विधि विधान नमान्ने, पार्टीको बैठकमा नजाने र आफनो व्यक्तिगत स्वेच्छाचारिताका लागि सडकमा आफनो पक्षमा जनमत रहेको देखाउन पर्दा पछाडी बनाईरहेको योजना र गरिरहेको प्रर्दशन काठमाडौंको हकमा मार्काेपोलो होटेल र मनाङ होटलमै बसेर बनाइने योजनामा केन्द्रीत रहेको खुलेको छ। ओली समूहले आजका लागि होइन भोलिका लागि पनि ओली भन्दै ओलीको जयजयकार गराउन खोजेको प्रर्दशनले ओलीकै मजाक उडाईरहेको छ।
पार्टीका नेताहरुलाई कथित आरोप लगाउदै आफूलाई अब्बल नक्कली राष्ट्रवादी चित्रण गर्दै उनको पक्षमा गरिएको प्रर्दशन ओलीले पार्टी विभाजनका लागि गरेको रिर्हशलका रुपमा पनि लिन थालिएको छ। ओलीको फोटो सहितको टिर्सट बनाउने, ओलीका नाममा ब्यानर र प्लेकार्ड बनाएर अहिले प्रर्दशन गराउन लाखौं रुपैया प्रधानमन्त्रीको नीजि सचिवालय मार्फत परिचालन गरिएको स्रोतहरुले बताएका छन्। यसमा खेलकुदमा नियुक्ति लिएका ब्यक्तीहरु, युवा र विद्यार्थीका आफु निकट नेता कार्यकर्तालाई परिचालन गरिरहेको खुलेको छ।



लोकपाटी न्यूज

