मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको सहयोग प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेमीको सहयोग पाइनेछ। आँटेको र ताकेको कार्य पुरा होला। सामाजिक कार्यको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज यात्रामा मालसामान हराउन सक्छ। गरेका काममा ढिलासुस्ती हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। स्वस्थयको ख्याल गर्नु पर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार सुन्न पाईएला। ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभारम्भको चर्चा चल्नेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समाजसेवामा मन लाग्नेछ। छोटो र रमाईलो यात्रा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभारम्भको चर्चा चल्नेछ। भौतिक साधन जुटाउने समय छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला। अतिथिको रूपमा सत्कार पाइएला।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज नजिकको मित्रसँग भेटघाट हुनेछ। चिन्ता छाडेर चिन्तन गर्ने समयछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान्।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवार संग रमाइलो भेटघाट हुनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। लाभदायक यात्रा हुनेछ। बिना प्रतिस्पर्धा फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चिताएको कामले तीव्रता लिनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वस्थयको विशेष ख्याल गर्नु होला। मनमा निरासा र शरीरमा आलस्य आउला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला।



लोकपाटी न्यूज
