जनता समाजवादीका शीर्ष नेता र देउवाबीच भेटवार्ता

Deuwa-Niwas
लोकपाटी न्यूज

काठमाडौं, २३ असार। जनता समाजवादी पार्टीका शीर्ष नेताहरू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। जसपाका शीर्ष नेता र देउवाबीच उनकै निवास बुढानिलकण्ठमा मंगलबार भेटवार्ता भएको हो।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।

जसपाका एक नेताका अनुसार समसामयिक राजनीतिक घटनाक्रम, नागरिकता विधेयकलगायतका विषयमा कुराकानी भएको छ। सत्तारूढ दल नेकपा फुटको संघारमा पुगिरहँदा करिब एक घण्टा भएको भेटवार्ताको विषय खुलाइएको छैन।