काठमाडौं, २३ असार। अस्ट्रेलियाको मेलबर्नमा फेरि लकडाउन घोषणा गरिएको छ। भिक्टोरिया राजयका प्रिमियर डेनिअल एन्ड्र्युले मंगलबार कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै मेलबर्नमा ६ साता लकडाउन गरिने घोषणा गरेका हुन्। यो लकडाउन बुधबार मध्यरातिदेखि लागू हुनेछ।
भिक्टोरियाको मिचेल सायरमा पनि ६ साताको लागि लकडाउनको घोषणा गरिएको छ। रेष्टुरेन्टलगायतका यसअघि खोल्न अनुमति पाएका व्यवसायहरु भने लकडाउनमा बन्द हुनेछन्। लकडाउनको क्रममा मानिसहरुलाई खाना किन्न जाने, काममा जाने, स्वास्थ्य सेवा लिनेरदिने, व्यायाम गर्ने लगायतका कामलाई मात्र बाहिर निस्किन दिइनेछ।
गत शनिबारदेखि मेलबर्नका तीन हजार मानिसको बसोबास रहेको नौ हउजिङ टावर लकडाउन गरिएको छ। उनीहरुलाई उक्त भवनबाट बाहिर निस्किने अनुमति दिइएको छैन भने खानाको व्यवस्था सरकारले गर्दै आएको छ।
मंगलबार भिक्टोरियाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १९१ नयाँ संक्रमित फेला परेको बताएको थियो। यो एकैदिनमा भेटिएका अहिलेसम्मकै धेरै नयाँ संक्रमित हुन्। सीएनएन



लोकपाटी न्यूज

