ओली–प्रचण्डबीच ‘वान टू वान’ वार्ता

prchnda -n oli
लोकपाटी न्यूज

काठमाडौं, २३ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा ‘वान टू वान’ वार्ता सुरु भएको छ। केहीबेर अगाडि बालुवाटारमा वार्ता शुरु भएको प्रचण्डका प्रेस संयोजक बिष्णुप्रसाद सापकोटाले बताए।

उनका अनुसार, दुई अध्यक्ष बीच मात्रै वार्ता भइरहेको छ।  तर, सोमबार भने छलफलको वातावरण वनेको थियो। पार्टी एकता कायम राख्न आवश्यक छलफल गर्नेगरी दुई अध्यक्ष उठेका थिए।

यसका लागि अन्य शीर्ष नेताहरुसँग पनि सम्वाद गर्नेगरी भेटवार्ता सकिएको थियो। सोमबार डेढ घण्टा छलफल गरेका दुई अध्यक्षबीच विषयमै प्रवेश गरेर कुराकानी भएको र आजको वार्ता त्यसकै निरन्तरता भएको प्रचण्डको सचिवालयले जनाएको छ।

असार १० गतेदेखि बसेको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट ओलीको राजीनामा माग भएपछि फुटको संघारमा पुगेको नेकपा विवाद रोक्नको लागि प्रचण्डकै प्रस्तावमा एक्ला-एक्लै वार्ता भएको नेताहरुले बताएका छन्।