अब मास्क नलगाई बाहिर हिँडे प्रहरीले पक्राउ गर्ने

mask pic
लोकपाटी न्यूज

काठमाडौं, २२ असार। मास्क नलगाइ घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने भएको छ। गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो।

कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो। पक्राउ गरी उनीहरूमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए।

’नेपाल सरकारले कोरोना भाइरसको जोखिमको कारणले बन्दाबन्दी गरेको थियो। दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना गर्ने भन्ने थियो।’ तर त्यसको पालना नभएको र कोरोना भाइरसको जोखिम बढ्दै गएपछि यस्तो निर्णय गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्