चितवन, २२ असार। नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका कार्यकर्ताहरुले जिल्ला नेतृत्वमार्फत् शीर्ष नेताहरुलाई पार्टी एकताको पक्षमा ज्ञापन पत्र बुझाएका छन्। नेकपा जिल्ला कार्यालयमा उपस्थित सयौंको संख्यामा रहेका कार्यकर्ताहरुले जिल्ला नेतृत्वमार्फत् शीर्ष नेताहरुलाई सोमबार पार्टी एकताको पक्षमा ज्ञापन पत्र बुझाएका हुन्।
राष्ट्रिय युवा संघ चितवन, अनेरास्ववियू चितवन, अनेमसघं चितवन, ट्रेड युनियन लगायतको तर्फबाट सो ज्ञापन पत्र युवा संघ चितवनका अध्यक्ष मधु न्यौपानेले नेकपा चितवनका ईञ्चार्ज कृष्ण खनाल एवं नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘ईन्द्रजित’ लाई संयुक्तरूपमा ज्ञापन पत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रम स्थल विधिसंगत पार्टी सञ्चालन गर, जनवादी केन्द्रियता लागू गर, एमसीसी खारेज गर, पार्टी निर्णय लागू गर, पार्टी फुटाउन पाईदैन, संसद अधिवेशन चालू गर, नागरिकता विधेययक पारित गर, फुटवादीहरु होसियार जस्ता नारा लगाउदै उनीहरुले ज्ञापन पत्र बुझाएका थिए।
युवा संघका केन्द्रीय सदस्य सन्तोष पनेरुले सञ्चालन गरेका कार्यक्रममा अनेरास्ववियू चितवनका नेता रोहित सुवेदीले ज्ञापनपत्र पढेर सुनाएका थिए। नेकपा चितवका अध्यक्ष तथा ईञ्चार्ज ईन्द्रजितले पार्टी एकताको पक्षमा चिन्तासहित कार्यक्रमको आयोजना गरेको भन्दै सहभागीहलाई धन्यवाद दिए। पार्टी एकताको पक्षमा आएको यो आवाजलाई शीर्ष नेतृत्वसम्म पुर्याउने अध्यक्ष ईन्द्रजितले प्रतिबद्धता व्यक्त गरे।

https://www.facebook.com/999489983405633/posts/3289161557771786/



लोकपाटी न्यूज

