काठमाडौं, २२ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। आजलाई बोलाइएको बैठक आउँदो २४ गते ११ बजेसम्मका लागि स्थगित भएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिए। यसअघि पनि पटक-पटक नेकपा स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ। नेकपामा देखिएको आन्तरिक द्वन्द्वले चरम रुप लिएको छ। विभिन्न तहका नेताहरु छलफलमा जुटेपनि त्यसले समस्याको समाधान निकाल्न सकेको छैन।
पार्टीभित्रको विवाद समाधान गर्न यतिवेला अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। आइतबार नेकपा अध्यक्षद्वय ओली र दाहालवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो।



लोकपाटी न्यूज

