सोमबारको राशिफल: कुन-कुन राशिका लागि शुभ छ ?

rasifal-5
लोकपाटी न्यूज

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज पुरानो र आस मारेको काम बन्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। अचल सम्पत्ती हात पर्ने योगछ। सन्तान सुख मिल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। घरायसी समस्या बढ्नेछ। मित्रहरूले दिएको वचन फर्न सक्छन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) शुभकार्यको चर्चा चल्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज बौद्धिक काममा सफलता मिल्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। मनमा शान्ति छाउनेछ र आत्मिक सन्तुष्टि मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) परिवारजनको साथले नयाँ आशा जगाउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) न्यायिक कार्यमा सफलता मिल्नेछ। दैनिक कार्यमा प्रगती हुनेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति होला। राज्यबाट मान सम्मान पाइनेछ।

वृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज समाजसेवामा र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) स्वादिष्ट भोजन पाईनेछ। नयाँ कार्यको योजना बन्नेछ। बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज आर्थिक कारोवारमा मन्दी आउनेछ। प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ। मानसिक चिन्तापनि बढ्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) लाभ, हानी, आय, व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ। आफ़नतले सहयोग गर्नेछन्। नयाँ कार्यको योजना बन्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्