काठमाडौं, २१ असार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा निर्णायक वार्ता सुरू भएको छ। बालुवाटारमा दुई अध्यक्षबीचको छलफलमा दुबै तर्फका अन्य ४ नेताहरू पनि सहभागी छन्।
प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी छन्। यस्तै प्रचण्डसँगै ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका छन्।
बालुवाटारमा प्रचण्ड र प्रधानमन्त्री ओलीबीचको छलफललाई अर्थपूर्ण ढंगबाट हेरिएको छ। स्थायी कमिटी बैठकमा अधिकांस सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो। पार्टीभित्र देखिएका विवाद समाधानका लागि भोलिसम्म स्थायी कमिटी बैठक स्थगित गरिएको छ।



लोकपाटी न्यूज

