ओली-देउवाकाे गाेप्य भेटले कांग्रेसमा तरङ्ग

kp_sherbahadur deuba
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, २१ असार। आइतबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमनत्री केपी शर्मा ओली र सभापति देउवाको भेटबारे प्रष्टिकरण दिने बताइएको छ। प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेसका केही शीर्ष नेताहरुले सभापति देउवाले भेट्नुको कारण माग गरेका हुन्।

पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा ओली–देउवा भेटवार्ता बाहेक समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ।

तीन दिन अघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तापछि कांग्रेसभित्र खैलाबैला सुरु भएको छ। देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा भएको भेटवार्तापछि कांग्रेसका केही नेताहरु सशंकित समेत बनेका हुन्।

दुई नेताबिच संवैधानिक निकायमा नियुक्तीबारे मात्र कुराकानी भएको सार्वजनिक गरिए पनि नेकपा विभाजन हुनसक्ने र आगामी सरकारको जोड घटाउका बारेमा कुरा भएको बुझिएको छ।

सोही भेटघाटलाई लिएर कांग्रेसभित्र विभिन्न बहसहरु भइरहेका छन्। देउवाले आफू निकट केही नेताहरुलाई प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेको ब्रिफिङ्ग गरेका छन्।