मेलम्चीको काम सकियाे, खाेलाकाे पानी सुरुङभित्र हालियाे

Melamchi
लोकपाटी न्यूज

काठमाडौं, २१ असार। आइतबार बिहानदेखि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरूङमार्गको परीक्षण सुरु भएको छ।  आयोजना प्रमूख तिरेसप्रसाद खत्रीका अनुसार कफर ड्याममार्फत् मेलम्ची खोलाको पानी सुरूङतर्फ ड्राइभट गरिएको हो।

सुरूङको परीक्षण सुरु भएको छ। दुई महिनासम्म परीक्षण गर्नेछौं खत्रीले भने। आयोजनाले जिरो चेनेजबाट ८ सय मिटर सुरुङमार्ग भरेर अडिट टनेलमार्फत् पानी पुनः मेलम्ची खोलामा पठाउन लागिएको र भोलि सो अडिट टनेल बन्द गरेपछि सुरुङमार्गतिर पानी जाने जनाएको छ। टनेलका गेटहरु परीक्षण र सञ्चालन गर्ने अपरेटिङ सिस्टम तयार भएसँगै सुरुङमार्गको परीक्षण सुरु गरिएको हो।

हाल कफर ड्याममार्फत् सुरूङ परीक्षण गरिएको छ। तर, स्थायी हेडवर्क्स निर्माणका लागि पानी डाइभर्ट गर्न कफर ड्याम बनाइएको थियो। स्थायी हेडवर्क्स निर्माण भने माघसम्ममा सकिने आयोजनाले जनाएको छ। इटालियन कम्पनी सिएमसीले आयोजना छोडेर गएपछि सुरूङ फिनिसिङ र हेवर्कस निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले पाएको थियो। किम्पनीले सुरुङमार्ग फिनिसिङ र हेडवर्क्सको निर्माणको दुइवटा ठेक्का पाएको छ।

सुरुङमार्ग फिनिसिङ सेप्टेम्बरसम्म र हेडवर्क्स डिसेम्बरसम्म सक्नेगरि ठेक्का पाएको हो। कम्पनीले आफूले पाएको समयावधि पहिले नै संरचना तयार पारेको हो। हेडवर्क्समा कम्पनीले काम गरिरहेको छ। पहिलो चरणमा मेलम्ची खोलाको १७ करोड लिटर पानी आउनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्