बालुवाटारमा निर्णायक छलफलमा ओली-प्रचण्ड

KP_Oli_Prachanda
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता हुने भएको छ। नेकपाको जारी संकटका बीच दुवै अध्यक्षले वार्ता गर्न लागेका हुन्।

आज दुवै शीर्ष नेताबीच सघन रुपमा छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ। नेकपा विभाजनको संघारमै रहेका बेला प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डका बीचमा आज निर्णायक छलफल हुने भएको हो।

दुई अध्यक्षका बीचमा आजको छलफल सकारात्मक नभए सत्तासिन दल नेकपा करिब विभाजनमा पुग्नेछ। विभाजन रोक्न नेकपाका दोश्रो र तेश्रो पुस्ताका नेताहरु निक्कै दौडधुपमा लागेका छन्। तर ओली र प्रचण्ड नेपाल समूहले कुनैले पनि आफ्नो अडान छोडेका छैनन्।