प्रधानमन्त्री ओलीले बोलाए मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार

Baluwatar
लोकपाटी न्यूज

काठमाडौं, २० असार। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरुसँग छलफल गर्दै छन्।नेकपाभित्रको विवाद बढिरहेको बेला प्रधानमन्त्रीले मन्त्रीहरुसँग गर्न लागेको छलफललाई महत्वका साथ हेरिएको छ।

प्रधानमन्त्रीले बेलुका ७ बजे मन्त्री र राज्यमन्त्री छलफलका लागि बोलाएका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीहरुबाट सल्लाह लिने र सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने हिसाबले छलफल गर्ने सल्लाहकार थापाले बताए।

जारी स्थायी कमिटी बैठक थप दुई दिनलाई स्थगित गरेर ओली र प्रचण्ड–नेपाल समूह अलग अलग छलफलमा जुटेको हो। शनिबार (आज) बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक थप छलफल र सहमतिका प्रयासका लागि भन्दै सोमबारसम्मका लागि सारिएको हो।