काठमाडौं, २० असार। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेबी भण्डारीबीच भेटवार्ता भएको छ।
शनिबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेबी भण्डारीबीच भेटवार्ता भएको हो।
अहिले पनि भेटवार्ता जारी रहेको छ तर भेटवार्ता के बिषयमा भएको हो भन्ने खुलाईएको छैन। नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद चर्किएपछि प्रधानमन्त्री ओली केहीदिन देखि आन्तरिक छलफल तथा भेटघाटमा व्यस्त छन्।
आज बिहान आफू निकट स्थायी कमिटी सदस्य तथा अन्य नेताहरुलाई भेटेका ओलीले शनिबार अपरान्ह राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । यसअघि असारबिहीबार पनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले बेग्लाबेग्लै समयमा राष्ट्रपतिलाई भेटेका थिए।



लोकपाटी न्यूज

