राजेन्द्र बिक/ बाजुरा, २० असार। बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर १० पाण्डुसैनको कालापाटनस्थित भैसीखर्कमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। बसिरहेकका बेला राती परेको चट्याङ लागेर ८ वर्षीय बालक दिपेश बोहराको मृत्यु भएको हो।
मृतकका ठूलाबुवा ५५ वर्षका सौरे बोहरा पुरै शरीर नचल्ने गरी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
अस्थाइ प्रहरी पोष्ट पाण्डुसैनबाट गएको प्रहरी टोलिले मृतक बालक र घाइते बोहोरालाइ डोकोमा हालेर जिल्ला अस्पताल बाजुरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमूख डिएसपी टंक प्रसाद भट्टराईले जानकारी दिए।



लोकपाटी न्यूज
