घरमै बसेकालाई पनि कोरोना देखियो

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

पोखरा, २० असार। पोखरामा घरमै बसिरहेका एक व्यक्तिमा रोगको संक्रमण देखिएको छ। पोखरा १७ का ५३ वर्षीय पुरुषमा शनिबार कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो।

असारको १७ गते ती पुरुषको स्वाब संकलन गरिएको थियो। ‘स्वास्थ्यमा केही समस्या भएपछि उनी आफैं अस्पताल पुगेर स्वाब दिएका थिए। पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमूख हरिलाल आचार्यले ‘आज रिपोर्ट आउँदा पोजिटिभ देखिएको बताए। संक्रमित ती पुरुषलाई अस्पताल लगिएको आचार्यले बताए। सँगै उनको कन्ट्याक्ट ट्रेसिङ पनि हुने भएको छ।

पोखरामा शनिबार ती ५३ वर्षीयबाहेक ३ जना पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वडा नम्बर ८, १५ र २९ का ती ३ जना पुरुषचाहिँ विदेशबाट आएर पोखरा महानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्