काठमाडौं, २० असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरगञ्ज महानगर कमिटिले पार्टीभित्रको बहसलाई अतिरञ्जित नगर्न अनुरोध गरेको छ। महनगर कमिटिका अध्यक्ष रहबर अन्सारीद्वारा शनिबार जारी प्रेस बिज्ञप्तिमा यस्तो अनुरोध गरिएको हो।
विधि र विधानभित्र बसेर भइरहेका पार्टीगत छलफललाई हरेक तहका नेता कार्यकर्ताले सकारात्मक रुपमा लिँदै पार्टीलाई एक ढिक्का भएर अगाडि बढाउने जिम्मेवारी सबैको हो भन्ने कुरा बुझन जरुरी रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ,‘केही विखण्डनकारी तथा एकता विरोधी तत्वहरुले पार्टी एकताा खलल पुर्याउने नियतले समर्थनरविरोध जुलुस प्रर्दशन, अनावश्यक कार्यक्रम तथा र्यालीमा पार्टीका साथीहरुलाई पार्टीको कार्यक्रम भन्दै सहभागी हुन निर्देशन दिइरहेको कुराले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरगञ्ज महानगरको गम्भीर ध्यानकर्षण भएको छ।’
साथै एकता विरोधी तथा पूर्ण रुपमा अनाधिकारिक र अराजक कार्यक्रम र्याली,जुलुसमा सहभागी नहुन पनि विज्ञप्तिमार्फत् अनुरोध गरिएको छ।




लोकपाटी न्यूज

