ओलीले प्रचण्डसँग भने, ‘प्रधानमन्त्री र अध्यक्ष छाेड्दिनँ, बरु पार्टी फुट्छ’

Prachanda-Oli.jpg01
लोकपाटी न्यूज

काठमाडौं, १९ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले फुटाउने अडान राखेका छन्। शुक्रबार अध्यक्ष प्रचण्डसँगको संवादमा ओलीले आफूले कुनैपनि पद नछोड्ने बरु पार्टी नै फुटाउने अडान दोहोर्‍याएका हुन्।

प्रचण्डले विभिन्न कारण देखाउँदै दुवै पद छोड्न आग्रह गरेका थिए। बालुवाटारमा ओलीसँगको भेटवार्तापछि आफ्नै निवास खुमलटारमा केही सचिवालयका नेताहरुलाई बोलाएर प्रचण्डले भेटवार्ताबारे ब्रिफिङ समेत गरेका थिए। त्यसक्रममा उनले कुनै सहमति हुन नसकेको नेताहरुलाई बताए।प्रधानमन्त्री ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच बालुवाटारमा छलफलमा भएको थियो।

प्रचण्डको ब्रिफिङलाई उदृत गर्दै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘प्रचण्डले ओलीजीलाई दुवै पदबाट राजीनामा दिनुस्, पार्टीलाई मार्गदर्शन गर्नुस् भन्नुभयो। तर केपी ओलीले म दुवै पदबाट कुनैपनि हालतमा राजीनामा दिन्न बरु म आफै पार्टी विभाजन गर्छु भन्नुभयो।’