काठमाडौं, १९ असार। आजदेखि श्रमजीवी पत्रकारको पेसागत सुरक्षाको लागि नेपाल पत्रकार महासङ्घले आन्दोलन थालेको छ। कोरोना भाइरसको महामारीको बेला विभिन्न सञ्चार गृहले पत्रकारलाई तलब नदिएको, काम गर्ने वातावरण नदिएको र कामबाट हटाएको भन्दै महासङ्घले आन्दोलन थालेको हो।
पेसागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासङ्घका अध्यक्ष गोविन्द आचार्यले बताए। श्रमजीवीहरुको मुद्दामा अन्तिम समयसम्म लड्ने प्रतिबद्धता जनाउँदै उनले कुनै पनि ढङ्गले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताए। अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागू नभएका मिडिया हाउसमा केन्द्रित हुने अध्यक्ष आचार्यले बताए।



लोकपाटी न्यूज
