नासाद्वारा नेपालमै पहिलो पटक इ-वर्कशप सम्पन्न

picc
लोकपाटी न्यूज

काठमाडौं, १९ असार। नेपाल अटोमोबाइल्स एशोशिएन (NASA) ले नेपालमै पहिलोपटक भर्चुअल्ड इ-वर्कशप सम्पन्न गरेको छ। एशोशिएसनले कोरोना महामारीले विश्वमै सिर्जना गरेको विषम परिस्थितिलाइ मध्यनजर गर्दै नेपालमा मोटर स्पोर्ट्स विषयक इ-वर्कशप सम्पन्न गरेको हो।

उक्त वर्कशपले नेपालको अटोमोबाइल, पर्यटन र खेलकुद क्षेत्रको नयाँ प्रोडक्टको रूपमा आइरहेको मोटर स्पोर्ट्स र ड्राइभ टुरिज्ममा एउटा प्रष्ट अवधारणा अगाडि ल्याएको छ। वर्कशपमा motor sports singapore कि महासचिव तथा FIA Women in motor sports commision कि Janette Tan ले ’women in motor sports’, chinese taipei motor sports (CTMS) ले ’ Dr. Kwong wing yeung ले ‘Shirt Circuit and Auto Gymkhana’, Institute of Road safety Traffic Environment Pakistan का सदस्य गोविन्द भट्टराइले ‘Environment and Sustainability Issues In Motor sports’ सम्बन्धमा प्रस्तुति दिएका थिए।

सो अवसरमा Volkswagen Nepal सिइओ विवेक विजुक्छेले’ ‘Volkswagen Involvment in motorsports’, Delta Tyre Nepal नेपाल अटोमोबाइल्स एशोशिएन ((NASA) का महासचिव आशिष गजुरेलले ’नासाको २० वर्षे कार्ययोजना, नेपाल मोटर स्पोर्ट्स क्लबका आशिष लामिछानेले Motorsports in Nepal, मोटर स्पोर्ट्स कोलमनिस्टका आत्मीय सिलवालले Digital Motorsports बारे प्रस्तुति दिए।

उक्त कार्यक्रममाथि Federation International de I’ Automobile (FIA) का तर्फबाट Sela Ghebremadhin र Formula One का Senior Steward Prabhakar ले टिप्पणी राखे। आधा दर्जन भन्दा बढी देशबाट ५० जना भन्दा बढीको सहभागिता रहेको उक्त वर्कशप Mountain Sports Federation Nepal सहयोग, NASA Nepal को संयोजन र Nepal Motorsports Club को व्यवस्थापनमा आयोजना गरिएको जनाइएको छ।

कार्यक्रम सन्चालनको लागि दिप्रश शाक्यले विषेश भूमिका निर्वाह गरेका थिए। शाक्य नाशाका एक्ज्युकीटिभ बोर्ड मेम्बर हुन्। उनले डिजिटल मोटर स्पोर्टस्को बारेमा नयाँ पद्धति र चिन्तनको बारेमा गहिरो अध्ययन समेत गरिरहेका छन्। साे इ-वर्कशपमा नेपालमा फाेर ह्वीलर स्पाेर्ट्स र ड्राइभ टुरिज्मका लागि Infrastructure, Model, Safety and Sustainability जस्ता विषयमा थप प्रष्ट पारिएकाे उक्त कार्यक्रम नासाका सचिव अनिल बरालले सञ्चालन गरेका हुन्।बराल हिमालय मोटर ल्यान्डका सञ्चालक  समेत हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्