विराटनगर, १९ असार। मोरङमा पोखरीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ। मोरङको जहदा गाउँपालिका ३ मा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना युवकको मृत्यु भएको हो।
शुक्रबार दिउँसो १ बजेतिर स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका १८ वर्षीय दिनेश राजवंशी र २० वर्षीय रिक्की राजवंशीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
रिक्कीको पोखरीमा नै मृत्यु भएको र दिनेशलाई स्थानीयले उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए।



लोकपाटी न्यूज
