काठमाडौं, १८ असार। साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय गरेको छ। सरकारले आगामी साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने र अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको हो।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले असार १५ सम्मका लागि जारी गरिएको सो प्रावधान साउन ७ गतेसम्मका लागि बढाएको हो । अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतसँगको सीमा बन्द गरिएपनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज गरिने जानकारी दिए।
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत बन्द गर्दै आएको छ।



लोकपाटी न्यूज

