काठमाडौं, १८ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। दुई दिनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको हो। पर्सी शनिबार बिहान बस्ने गरी बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बिहान बैठक स्थगित भएपछि ओलीसँग पनि छलफल गरेका प्रचण्ड राष्ट्रपतिलाई पनि भेट्न शीतल निवास पुगेका थिए। उक्त भेटमा उनले पार्टीको एउटा खेमामा नलागी अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको बताइएको छ।
संसद् अधिवेशन अन्त्य गरेर ओलीले अध्यादेश ल्याउन लागेको आशंका बढेको ओलीइतरका नेताहरूले बताएका छन्।यसअघि वैशाख पहिलो साता पनि प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याएका थिए।
पार्टीभित्र र बाहिर चरम विरोध भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका थिए। अहिलेको कानूनले कुनै पनि दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ।



लोकपाटी न्यूज

