काठमाडौं, १८ असार। नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड शीतल निवास पुगेर फर्किएपछि बैठक सुरु भएको हो।
मन्त्रिपरिषद्ले संसदको बजेट अधिवेशन अन्त्य गरेपछि प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शीतल निवास पुगेका थिए। बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजे शुरू भएको हो। बैठकमा प्रधानमन्त्री केपी ओली भने उपस्थित छैनन्।



लोकपाटी न्यूज

