रमेश भुसाल/ पश्चिम नवलपरासी, १८ असार। पत्रकार महासंघमा आवद्ध नभएका तर क्रियाशिल पश्चिम नवलपरासीका १९ जना पत्रकारहरुको कोरोना विमा गरिएको छ।
कोभिड-१९ को महामारीमा अग्रपंक्तिमा रहेर समाचार संकलन गर्दै आएका जिल्लाका क्रियाशिल पत्रकारहरुको विमा गराई दिन जिल्ला शाखाले पत्रकार महासंघ प्रदेश ५ सँग अनुरोध गरे पश्चात १९ जना पत्रकाहरुको १ लाख बरावरको कोरोना विमा गरिएको जिल्ला शाखाका अध्यक्ष हरि शर्माले बताए।
विमाका लागि पहल गरेका प्रदेश उपाध्यक्ष भरत केसि लागायत प्रदेश समितिप्रति पत्रकार महासंघ पश्चिम नवलपरासीले आभार व्यक्त गरेको छ। कोरोनाको महामारीमा पत्रकारहरुलाई सुरक्षित भई समाचार संकलन गर्न समेत अध्यक्ष शर्माले आग्रह गरेका हुन्। नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा आवद्ध सदस्य पत्रकारहरुको यसअघिनै जिल्ला शाखा आफैले कोरोना विमा गरेको जिल्ला शाखाका सचिव राजकुमार रेश्मीले जानकारी दिए।



लोकपाटी न्यूज
