काठमाडौं, १७ असार। एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेपछि नेपाली राजनीति तरंगित भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचमा पार्टी नै फुटाउने स्तरसम्मको मनमुटाव बढिरहेका बेला एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेपछि त्यहाँ नेपाली राजनीति तरंगित भएको हो।
झण्डामा सूर्य चिह्न राखेर निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेको नवगठित एमालेमा परिचत अनुहार भने खासै छैन । बलियो राजनीतिक पृष्ठभूमि भएका पनि कोही देखिँदैनन्। नेकपामा प्रचण्ड र माधव नेपाल पक्षीय नेताहरुले एमाले दर्ता गराउने खेल प्रधानमन्त्री ओलीकै भएको दाबी गर्दै आरोप लगाएका छन्। उनीहरुले ओलीसँग मंगलबारको बैठकमा प्रष्टीकरण सोधेका थिए।
एमालेकी अध्यक्ष बनेकी सन्ध्या तिवारी भने मोरङ विराटनगर महानगरपालिका ६ की भएको दल दर्ता निवेदनमा उल्लेख छ। दल दर्ताका लागि उनीहरूले पाँच सय जनाभन्दा बढीको प्रतिवद्धतासहितको हस्ताक्षर आयोगमा पेश गरे पनि आयोगले भने छानबिनपछि मात्रै निर्णय हुने जनाएको छ।
एमालेका यी हुन् २१ पदाधिकारी
सन्ध्या तिवारी- अध्यक्ष
भगवती खड्का- उपाध्यक्ष
मनिष उपाध्याय-महासचिव
अस्मिता सुनार
दावा लामा
जयाराम रावत
खगेन्द्रप्रसाद भुसाल
हिराबहादुर बोहरा
राधा पुरी
तारादेवी शाही
पवन बिष्ट
निलम पोखरेल
किरण लामिछाने
उमेश महतो
उशाकुमारी झा
प्रदीपराज गिरि
पूर्णिमा तामाङ
निश्चल बस्नेत
सञ्जिव विष्ट
विनिता कार्की
विमला बिष्ट



लोकपाटी न्यूज

