मेलबर्नमा फेरि लकडाउन

Lockdowan logo
लोकपाटी न्यूज

काठमाडौं। अस्ट्रेलियाले दोस्रो सबैभन्दा ठूलो शहर मेलबर्नमा एक पटक फेरि लकडाउन लागू गर्ने घोषणा गरेको छ। कोरोना भाइरसबाट संक्रमित हुने दर रोक्नको लागि फेरि लकडाउन घोषणा गर्ने भएको हो।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार रातिदेखि यो लकडाउन लागू हुनेछ। अस्ट्रेलियाको अन्य ठूला शहर र देशको अन्य बाँकी हिस्सामा नाटकीय ढङ्गले अधिकांश प्रतिबन्ध हटाइएको समयमा मेलबर्नमा भने लकडाउन लागू गर्ने घोषणा गरिएको हो।

स्थानीय सञ्चारमाध्यमको प्रतिवेदन अनुसार मेलबर्नमा रहने झण्डै तीन लाख २० हजार नागरिकलाई अति आवश्यक पर्दामात्र घरबाहिर निस्कन भनिएको छ। आउँदो चार हप्ताको लागि यो लकडाउन लागू हुने बीबीसीले उल्लेश गरेको छ। यस अवधिमा विद्यालय र कार्यालय आउजाउ गर्न, दैनिक उपभोग्य वस्तु खरिद गर्न र स्वास्थ्यकर्मीहरुलाई आवत जावत गर्न प्रतिबन्ध हुने छैन।

यद्यपि सबैलाई सामाजिक दूरीको पालना गर्न आग्रह गरिएको छ। मेलबर्न जाने सबै उडान रद्द गरिएको छ। साथै शहरका अनावश्यक घुमेर हिँड्नेलाई जरिबाना तिराउने प्रबन्ध पनि गरिएको सञ्चारमाध्यमले जनाएका छन्।