तुलसीपुर, १७ असार। नेत्रविक्रम चन्द (विप्लव) समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। दाङ शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
मङ्गलबार अपराह्न २ बजेतिर आक्रमणबाट घाइते डाँगीलाई उपचारका लागि काठमाडौं लगिएको छ। डाँगीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द (विप्लव) समूहका तीन जनालाई मङ्गलबार राति शान्तिनगर २ बाट पक्राउ गरिएको हो। उनीहरुको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन।



लोकपाटी न्यूज

