नेकपाको स्थायी कमिटी बैठक स्थगित

Esthae samiti nekapa
लोकपाटी न्यूज

काठमाडौं, १७ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। बुधवार पाँचजना सदस्यहरुले बोलेपछि बैठक स्थगित गरिएको हो।

आज लिलामणी पोखरेल, मातृका यादव, योगेश भट्टराई , नन्द प्रसाईं, पेशल खतिवडाले बैठकमा आआफ्नो धारणा व्यक्त गरेका हुन्। कमिटीको अर्को बैठक भोलि बस्ने बताइएको छ।

कांग्रेस सांसद ज्ञानकुमारी छन्तयालको निधन भएकोमा संसदमा शोक प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ। त्यसैमा सहभागी हुन स्थायी कमिटी बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।