काठमाडौं, १७ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आज पनि जारी छ। नेकपा स्थायी कमिटिको पाचौँ दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।
मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए ।
गत असार १० गतेबाट शुरु बैठकले विभिन्न ७ वटा एजेण्डाहरु तय गरेको थियो।
जसमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), नेपाल भारत सीमा विवाद, कोरोना महामारी तथा रोकथामका उपाय लगायत एजेण्डा समेटिएपनि बैठकमा पार्टी भित्रको आन्तरिक किचलोलाई मुख्य केन्द्रमा राखि छलफलहरु भइरहेका छन्।



लोकपाटी न्यूज

