काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको नेकपा उपाध्यक्ष वामदेव गौतमले बताएका छन्। पार्टीको स्थायी कमिटी बैठकमा मंगलबार उपाध्यक्ष गौतमले त्यसका लागि प्रमाण दिन आफू तयार रहेको बताएका थिए।
नेकपा एमाले नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। झापाका सन्ध्या तिवारीको नाममा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन परेको हो। दल दर्ताका लागि निवेदन परेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।



लोकपाटी न्यूज

