राजेन्द्र बि.क./ बाजुरा, १६असार। बाजुरामा थप ५८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै बाजुरामा संक्रमितको संख्या ४सय१२पुगेको छ।
आज सम्म बुढिगंगा नगरपालिकामा २ सय २३, जगन्नाथ गाउँपालिकामा २, बुढिनन्दा नगरपालिकामा २, बडिमालिका नगरपालिकामा ५८,त्रिवेणी नगरपालिकामा १सय ५र गौमुल गाउँपालिकामा २२ जना गरी जम्मा ४ सय १२ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।
यसअघि ७ जना संक्रमित भने कोरोना जितेर घर फर्किसकेका छन्। त्यस्तै २ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
२ वर्षीय बालिकाको जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो भने एक जना क्वारेनटाइनमा आत्महत्या गरेका पुरुषमा पनि कोरोना पुष्टि भएको थियो। अहिले सम्म बाजुराका ९ स्थानीय तह मध्ये ६ स्थानीय तहमा कोरोना संक्रमण फैलिसकेको छ।



लोकपाटी न्यूज

